युवकलाई घरमा थुनेर वन्धक, पाँच जना हेटौंडाबाट पक्राउ

जनपत्र
२ पुष २०७६, बुधबार १९:४६

हेटौंडा ।  रामेछापका एक युवालाई अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले बुधबार पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कंचनपुरको श्रीपुर ६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामा रहेका छन् ।

मकवानपुर प्रहरीले बुधबार बिहान हेटौडा–४ स्थित फरेष्ट्रि गेट अगाडी अम्लेखगंजबाट काठमाण्डौ जादै गरेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार रामेछाप दोरम्बा–५ का २१ बर्षीय नरेश थापा मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका ३ जनाको समुहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौंडा ९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अपहरणमा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलिले ४ जना अपहरणकारी र बन्धक बनाईएको घरका घरधनीलाई पक्राउ गरेको बताएका छन् ।

अपहरणकारीले मगरलाई छुटाउन गएका काभ्रेको मण्डनदेउपुर नगरपालिका ९ बस्ने २८ बर्षीय सरोज सापकोटालाई कुटपिट गरि घाइते बनाए थिए। उनीहरुमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*