डिजेल र मट्टीतेल प्रतिलटर एक रुपैयाँ वृद्धि

जनपत्र
२ पुष २०७६, बुधबार ०७:०१

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । १ पौषको मध्यरातिबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धि पछि डिजेल र मट्टीतेलको खुद्रा मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा रु ९८, पोखरा र दाङमा रु ९७।५० र तराईका जिल्लाहरुमा ९६।५० प्रतिलिटर कायम भएको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेपछि मूल्य समायोजन गरेको जनाएको छ । पेट्रोल र हवाई इन्धको मूल्य भने यथावत् रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*