चिनियाँ कम्पनीसँग सहकार्यको तयारीमा टाटा मोटर्स

जनपत्र
२ पुष २०७६, बुधबार ०६:४९

भारतीय बहुराष्ट्रिय अटो निर्माता कम्पनी टाटा मोटर्सले दुई चिनियाँ कम्पनीसँग सहकार्य गर्न वार्ता शुरु गरेको छ । यस मामिलाबारे जानकार तीन जनालाई उद्धृत गर्दै भारतीय आर्थिक दैनिक मिन्टको अनलाइन संस्करणमा मंगलवार यस्तो समाचार छापिएको हो । यी कम्पनीहरुले टाटा मोटर्समा प्रत्यक्ष लगानी गर्ने वा टाटासँग मिलेर ज्वाइन्ट भेन्चर स्थापना गर्न सक्ने स्रोतको भनाइ छ । स्रोतका अनुसार मुनाफा बढाउन टाटाले सक्रिय भएर सहकार्य गर्न खोजिरहेको छ । कम्पनीले खास गरी कठोर नियमनका कारण घाटा बढ्ने सम्भावना रहेको यात्रुवाहक सवारी व्यवसायमा साझेदारी खोजेको हो ।

चिनियाँ कम्पनीहरुको नाम भने खुलाइएको छैन । विद्युतीय सवारी साधनसँग सम्बन्धित प्रविधि विकास गर्ने, उत्पादन क्षमता साट्ने, इञ्जिन विकास गर्ने र व्यवसायका अन्य पक्ष लगायत विषयमा सहकार्य हुन सक्ने बताइएको छ । चिनियाँ कम्पनीहरुले जर्मनी, स्वीडेन र फ्रान्सेली अटो निर्माता कम्पनीमा लगानी गरिसकेका छन्, यिनीहरुले टाटामा पनि मूल्य देख्नेछन् भन्नेमा म ढुक्क छुँ,’ ब्राण्ड परामर्शदाता कम्पनी एक्सपेरियलका संस्थापक आभिक चट्टोपाध्यायले भने । यो कदमले भारतीय व्यवसायको २ खर्ब ३३ अर्ब ६५ करोड ४९ लाख रुपया बराबरको कर्जा उल्लेख्य कटौती गर्न टाटा मोटर्सलाई मद्दत गर्न सक्ने ब्लुम्बर्गले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*