विराटनगरमा बिहेको अघिल्लो दिन बेहुला पक्राउ : प्रहरीको घेरामा बिहे सम्पन्न

जनपत्र
२ पुष २०७६, बुधबार ०६:३०

धरान उपमहानगरपालिका –१५ का कमल विश्वकर्माको मंसिर २९ गते विवाह हुँदै थियो । तर मोरङ प्रहरीले उनलाई मंसिर २८ गते शनिबार अवैध लागुऔषध सहित पक्राउ गर्यो । भारतको जोगबनीबाट अवैध रूपमा लागुऔषध ल्याएको आरोपमा लागुऔषध ब्यूरोको टोलीले भोलिपल्ट बिहे हुनुपर्ने बेहुलालाई पक्राउ गर्‍यो । भारतको जोगबनीदेखि अवैध रुपमा लागुऔषध ल्याएको आरोपमा कमल २१ एम्पुल लागुऔषध सहित पक्राउ परे। उनी पक्राउ परेको खबर पाएपछि धरानबाट बेहुलाका आफन्त इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगे । तर पनि प्रहरीले उनलाई छाडेन ।

विवाहको अघिल्लो दिन प्रहरीको हिरासतमा बसेका कमललाई विवाहको दिन दुई जना सादा पोशाकका प्रहरी साथ लगाएर घर पठाइएको थियोे । विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए ।आइतबार विवाह सकिएपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएका कमललाई मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर मोरङ अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*