महावीर पुनको गुनासाे : ऋण दिन बैंकले मलाई पत्याएन, विदेशमा बस्नेले सहयाेग गर्नुस्

जनपत्र
२ पुष २०७६, बुधबार ०६:२७

चना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको छ । उहाँले अमेरिका, क्यानेडा, युरोपेली देश अष्ट्रेलिया या विश्वका जुनसुकै देशमा बस्ने नेपालीले ४ प्रतिशत ब्याजदरमा ऋण दिएमा आफूले अघि सारेका सामुदायिक पर्यटन र साना साना प्रविधिका सामान बनाउने कारखानाको सपना साकार हुने पनि बताउनु भएको छ ।

बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका,…

Gepostet von Mahabir Pun am Montag, 16. Dezember 2019

सामुदायिक पर्यटन कार्यक्रम १० वर्षदेखि आंशिकरुपमा चलेको र यसलाई पूर्ण बनाउन ऋण चाहिएको उहाँको भनाइ छ । उहाँले विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्छन्, त्यति ऋण दिन सक्ने पनि बताउनु भएको छ । उहाँले ३ वर्षमा ऋण तिर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ऋण दिन चाहनेले mahabir@nicnepal.org सम्पर्क गर्न सकिने पुनले जनाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*