मनहरी मिलडाँडामा खानेपानीको समस्या हट्यो

सरिता दाहाल
२ पुष २०७६, बुधबार ०६:२८

हेटौंडा / खानेपानीको लागि बस्ती छोडेर राप्ती खोलासम्म धाउनु पर्ने पिडाबाट अब मुक्त भएकी छन् सीता नेपाली । उनिसंगै उस्तै समस्या झल्दै आएका मनहरी ३ मिलडाँडाका अरु ३५० जनाले समस्याबाट मुक्त पाएका छन् ।

आँगनमा धानीको धारा झरेको छ,घरछेउमा फैलने फोहोरको दुगन्ध पनि शौचालयको निर्माणले हटेको छ । घरबाट निस्कने फोहोरहरु संकलन गरेर व्यवस्थापनको सिप सिकेका छन् उनीहरुले । स्थानीय समुदायका फोहोर व्यवस्थापन, व्यक्तिगत सरसफाइ संगै खानेपानीको व्यवस्था ¥याले ईन्टरनेट नेपालको सहयोग तथा राडो नेपालको प्राबिधिक तथा सामाजिक सहजीकरणमा संचालित इन्स्याक्ट टु परियोजनाले जुटाइदिनेको हो ।

वेलायती र नेपाली विद्यार्थी स्वयमसेवकहरुले गाउँमा स्थानीयहरुकै घरमा आवासीय रुपमा बसेर दैनिक समूदायको आवश्यकतामा आधारीत विकास तथा सचेतनाको कार्यमा सहभागि भएका थिए । मनहरी गाउँपालिका–३ को घट्टेदमार र मिल डाँडामा यो परियोजना सञ्चालन भएको परियोजना संयोजक विष्णु धितालले बताए ।

परियोजना अन्तरगत २५ लाख ३८ हजार बजेटले ७५० जनालाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । यसैगरी ८ वटा शौचालय, ६ वटा हातधुने स्थान निर्माण गरेको फिल्ड अफिसर रोशन खनालले बताए ।

उनीहरुले स्थानीय आमा समूह, युवा समूह र बाल समूहमा काम गरेका थिए । आफूहरु विदा भएर जाँदै गर्दा स्वयमसेवकहरुले स्थानीय क्षेत्रमा आधारभुत पूर्वाधारहरु सडक, खानेपानी, सरसफाईमा स्थानीय सरकारले जिम्मेवारी बहन गरिउन् भन्ने अपेक्षा परियोजनाको अनुगमनको क्रममा स्थानीय स्तरमा पुगेको टोलीसंग राखे ।

यस्तै फोहोर ब्यवस्थापन, आफूहरुले काम गरेको समुदायसंगैको अर्को समूदायमा उस्तै प्रकारण सुविधा तथा चेतनाको विकासको अपेक्षा राखेको स्वयमसेवक समूह नेतृ देबिना रिजालले बताइन् । स्वयंसेवकहरुले सिकाएको सीप, प्रेरणा देखेर आफू धेरै प्रभावित भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । समूदाय सिकाईको खुल्ला किताब भएको साबित गरेर स्वयंसेवक टोलि फर्कन लागेको अध्यक्ष उप्रेतीले बताए ।

स्थानीय सरकार बालमैत्री पालिका बनाउने अभियानमा लागेको र यो योजनाले प्रत्यक्ष रुपमा सहयोग गरेको पालिका उपाध्यक्ष मलिना बिष्टले बताइन् । फोहोर ब्यवस्थापन तथा सरसफाइको कमिले लाग्ने रोगबारे बारे सिकाई भएको स्थानीय अनिता सुनारले बताइन् ।

अनुगमन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष उप्रति, उपाध्यक्ष विष्ट, राडो नेपालका उपाध्यक्ष खेम सापकोटा, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाल मनहरी गाउँपालिका वडा ३ का वडा अध्यक्ष मानबहादुर स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*