हेटौंडाको हर्नामाडिमा एकीकृत घुम्ती स्वास्थ्य शिबिर

जनपत्र
१ पुष २०७६, मंगलवार ०७:२७

हेटौंडा । हेटौंडा १८ हर्नामाडीमा एकिकृत घुम्ती सेवा शिविर भएको छ । युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारी र परिवार नियोजन संघ मकवानपुरको प्राबिधिक सहयोग शिवीरको आयोजना गरिएको हो ।

सिबिरमा महिला, पुरुष लगाएत बृद्धहरु समेत गरि ८७ जना विरामीहरुले शिवीरमा उपचार गराएका छन् । विशेष गरि दाँत सम्बन्धि समस्या लागि दन्त चिकित्सक डाक्टर अरिफ करिमले स्वास्थ्य परिक्षण गरिएको छ । त्यस्तै महिलाको पाठेघरको समस्या हुनेहरुको लागि सागर स्टाफ नर्स सम्पदा कंडेलले उपचार गराउनुभयो ।

परिक्षणको क्रममा ८ जना महिलाहरुमा सेक्सुएल ट्रान्समिसन इन्फेक्सन देखिएको युसेस मकवानपुरका अध्यक्ष वुद्धशरण लामाले जानकारी दिनुभयो । स्वास्थ्य पश्चात् बिरामिहरुलाइ निशुल्क औषधि बितरण गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा न १८ का अध्यक्ष अनिल बानियाको उपस्थिति रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले शिबिरको निरीक्षण गर्नुभएको थियो ।

युसेसको अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित शिबिरमा डाक्टर अरिफ करिम, नर्स सम्पदा कंडेल, अनमि सर्मिला श्रेष्ठ , अहेव बिमला केशी, सिएमए रोशनी गिरि लगायतकाको सहभागितामा शिवीर गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*