पूर्वमन्त्री केसीविरुद्ध अख्तियारमा उजुरी

जनपत्र
१ पुष २०७६, मंगलवार ०६:२६

भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुको तत्कालीन सल्लेरी गाविस ७ का नारायण निरौलाले उजुरी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केसी २०४८ सालदेखि सोलुखुम्बुबाट प्रतिनिधित्व भई सांसद र मन्त्रिसमेत भइसकेका छन् । उनले अकुत सम्पत्ति आर्जन गरी अवैध किसिमबाट कमाएको सम्पति लुकाउन आफ्ना दाजु, भाइ, दिदी बहिनी, भाञ्जा र अरु नातेदारसमेतको नाममा साविकको गाविस र महानगरपालिकाको विभिन्न वडामा घरजग्गा किनेको उजुरीमा उल्लेख छ ।

उनको पहिलाको आर्थिक हैसियत घर खर्च पनि चलाउन नसक्ने अवस्था रहेको र प्रतिनिधि सभा सदस्य र मन्त्री भएपछि एकाएक करोडौंको सम्पत्ति जोडेको भन्दै स्थानीयले उजुरी दर्ता गरेका हुन् । पूर्व मन्त्री केसीको नाममा काठमाडौं महानगरपालिका–४ मा ४५ करोड रुपैयाँ भन्दा बढी पर्ने घर रहेको उजुरीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*