त्रिभुवन विमानस्थल अब २१ घण्टा सञ्चालनयोग्य

जनपत्र
१ पुष २०७६, मंगलवार ०६:०२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालनका लागि योग्य बनेको छ । धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको हो । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने काम सकिएको छ ।

ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको कामसमेत सकिएको छ । निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै अब विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*