सिन्धुलीका स्थानीय तह : खर्च विवरण नबुझाउँदा प्रदेशको बजेट आएन

जनपत्र
१ पुष २०७६, मंगलवार ०६:००

सिन्धुलीका स्थानीय तहहरूले गत आव २०७५र७६ मा प्राप्त प्रदेश सरकारको अनुदान रकमको खर्च विवरण नबुझाउँदा चालू आवमा प्रदेशको बजेट पाउन सकेका छैनन् । जिल्लाका स्थानीय तहले चालू आवको पहिलो ४ महीना बित्तिसक्दा समेत उक्त विवरण बुझाउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुलीले बताएको छ । सोही कारण स्थानीय तहहरूले प्रदेश सरकारको पहिलो किस्ताको बजेट समेत ल्याउन नसकेको कार्यालयको भनाइ छ ।

जिल्लाका स्थानीय तहले गत आवको उक्त विवरण पेश गरेपछि मात्र चालू आवको प्रदेश सरकारको बजेटको पहिलो किस्ता पाउने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । जिल्लाका ९ स्थानीय तहका लागि चालू आवमा प्रदेश सरकारले ९ करोड २२ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । ‘तर पहिलो चौमास बितिसक्दा पनि कुनै पनि स्थानीयले प्रदेशको बजेट ल्याउन सकेका छैनन्,’ दाहालले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*