देशलाई आवश्यक परे नेपाली सेना जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छ : महारथी थापा

जनपत्र
१ पुष २०७६, मंगलवार ०५:५७

नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले देशलाई आवश्यक परेको खण्डमा नेपाली सेना हरेक भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भएको छ । सोमबार महोत्तरीको सोनमा गाउँपालिका ३ को खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिनविरको अनुगमनको क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै महारथी सेनाले हरेक परिस्थितिसँग सामना गर्नका लागि नेपाली सेना देशका हरेक भूभागमा खटिनका लागि तयार रहेको धारणा राख्नुभएको हो ।

विगतको समयमा नेपाली सेनाले देशको रक्षाका लागि अहम् भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै महारथी थापाले हरेक पक्षले सकारात्मक सहयोग गरे नेपाली सेनाले पालिकामा गएर रंगशाला पनि निर्माण गर्ने बताउनु भयो । त्यही अवसरमा स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले महारथी थापालाई मायाको चिनो प्रदान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*