हेटौंडाको पारिजातपथमा बृक्षारोपण

जनपत्र
३० मंसिर २०७६, सोमबार ११:०९

हेटौंडा । हेटौंडा ४ पारिजातपथमा आज बृक्षारोपण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले पारिजात पथ क्षेत्रमा बृक्षारोपण गरेको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विरुवा रोपरेर कार्यक्रमको सुरुवात गर्नुभयो । पारिजातपथ क्षेत्रको सडकको दायाँ, वाया क्षेत्रमा एक सय १४ वटा विरुवाहरु रोपीएको छ ।

कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा लगायतकाको सहभागितामा वृक्षारोपण गरिएको हो । उपमहानगरपालिकाले हेटौंडा वजार क्षेत्रलाई फूलै फूलको शहरका रुपमा विकास गर्न लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*