मकवानपुरको मनहरीमा मानव अधिकार समूह गठन

जनपत्र
३० मंसिर २०७६, सोमबार ०७:४३

हेटौंडा/ अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० प्रदेश कार्यालय हेटौंडा द्वारा सञ्चालित स्थानीय समुदयलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ९इएलपी० परियोजना अन्तरगत मकवानपुरको मनहरी गाउँपालिकामा मानव अधिकार समूह गठन भएको छ ।

स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित, अल्पसङख्यलगायत पछाडी पारिएका समुदायको सरकारी सेवा तथा सुविधामा पहुँच बढाउने लक्ष्यले यो कार्यक्रम लागु भएको हो । यस अन्तगरत गठिन मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथि पहँुचका लागि मागदावि गर्न क्षमतावृद्धि गर्ने र अधिकारहरुको परिपुर्तिको लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्नेछ ।

आईतबार भएको भेलाले पालिकाको सबै वडाको प्रतिनिधित्व हुने गरी बिमला गोपालीको संयोजकत्वमा १३ सदसिय मानव अधिकार समूह गठन गरेको हो । समूहको सचिवमा दिपेन्द्र अधिकारी रहकेका छन्। यसैगरी सदस्यहरुमा शिव कुमार काशी, विशाल लामा, लक्ष्मी गोले, लक्ष्मण स्याङ्तान, लोकेन्द्र कार्की, सुन्तली वनकरीया, गोपिलाल मोक्तान, कल्पना सुवेदी, नविन सुवेदी, नारायण उप्रेति र प्रलाद लम्साल रहेका छन् ।

पालिका उपाध्यक्ष मलिना विष्टको उपस्थितीमा समूह गठत गरिएको हो । समूहको पहिलो बैठकले आगामी २ महिनाभित्र आफूले प्रतिनिधित्व गरेको वडामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको क्षेत्रमा समस्या पहिचान गर्ने निर्णय गरेको इन्सेक सहजकर्ता सरिता दाहालले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*