गौतमबुद्ध विमानस्थल प्राधिकरणले नै चलाउने : केही महिनाभित्रै अन्तर्राष्ट्रिय उडान सुरु हुने

जनपत्र
३० मंसिर २०७६, सोमबार ०६:३२

आउँदो मार्चमा निर्माण कार्य सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरणले नै चलाउने भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दा पनि कसले र कुन मोडालिटीमा चलाउने भन्ने टुंगो नलागेको भन्दै चिन्ता व्यक्त भैरहेका बेला सरकारले भने प्राधिकरणलाई नै विमानस्थल चलाउने जिम्मा दिन लागेको हो ।

जीटूजी मोडलमा विमानस्थल चलाउन जर्मनको म्युनिख विमानस्थलसँग सरकारले छलफल चलाइरहे पनि टुंगोमा पुग्न सकेको छैन । तर संस्कृति। पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले भने यो विमानस्थल सुरुमा नागरिक उड्ययन प्राधिकरणले नै चलाउने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*