चुस्त सेवाको लागि कुलमानको सक्रियता, वितरण केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन सम्झौता

जनपत्र
३० मंसिर २०७६, सोमबार ०६:३०

नेपाल विद्युत् प्राधिकरणले विभिन्न वितरण केन्द्रका प्रमुखसँगको कार्यसम्पादन सम्झौतालाई तीव्र बनाएको छ ।प्राधिकरणले दिने सेवा चुस्त बनाउन र विद्युत् चुहावट घटाउन प्राधिकरणका कार्यकारी निर्देशक नै कार्यसम्पादनको लागि देश दौडाहमा लाग्नुभएको छ । अहिलेसम्म प्राधिकरण व्यवस्थापनले प्रदेश नम्बर १,२ ३ र गण्डकी प्रदेशका प्रादेशिक र प्रदेश ३ को डिभिजन कार्यालय हेटौँडाका कार्यालयका प्रमुख र मातहतका ७३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

पछिल्लो पटक गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई ७ दशमलव ९ प्रतिशतमा झार्न कार्यसम्पादन सम्झौता भएको छ । प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गएको आर्थिक वर्ष ९आव० २०७५र७६ मा १० दशमलव ४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ७ दशमलव ९ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको पहिलो चार महिनामा कार्यालयको औसत विद्युत् चुहावट ९ दशमलव २ प्रतिशत छ । प्रादेशिक कार्यालय पोखरा मातहत गण्डकी प्रदेशमा पर्ने ११ जिल्लाका १३ वितरण केन्द्रहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*