हेटौंडामा १६ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो

जनपत्र
२९ मंसिर २०७६, आईतवार १६:३६

हेटौंडा । स्वास्थ्य प्रवर्दनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका हुने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा १६ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस तथा विदाई कार्यक्रमका अवसरमा सहभागिहरुले यस्तोकुरा वताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको वताउनुभयो । हेटौंडाको स्वास्थ्य क्षेत्र सुधारमा सेविकाहरुको महत्वपूर्ण योगदानको उहाँले कदर गर्नुभयो ।

‘‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्दनमा अहम भूमिका’’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । सेविकाहरुलाई परेका समस्या आफुहरुले समाधान गरिने मेयर महतले वताउनुभयो । कुनै पनि समस्या हुँदा स्थानीय सरकारले सहयोग गर्ने समेत उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*