स्याङबोचेमा हिउँ : चौँरीलाई सास्ती, चिप्लेटी खेल्नेलाई मस्ती !

जनपत्र
२९ मंसिर २०७६, आईतवार ०६:५७

सोलुुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ । शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो ।

बाक्लो हिउँ जमेपछि हिमाली क्षेत्रमा रहेका चौँरी गोठमा रहेका चौरी तथा गोठालाहरुलाई समस्या पर्ने गरेको छ । बाक्लो हिउँ जमेपछि स्याङ्बोचे विमानस्थल तथा आसपासमा चिप्लेटी खेल्नेहरुको घुइँचो लागेको छ । विदेशी पर्यटक तथा स्थानीय बासिन्दा हिउँमा चिप्लेटी खेलेर रमाएका यादवले बताउनुभयो । हिउँ परेपछि नाम्चे तथा आसपासमा रहेका विदेशी पर्यटकहरु हिउँमा रमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*