अनावश्यक भुँडी बढेर हैरान हुनुहुन्छ ? यी उपायहरु अपनाउनुहोस् तपाईको पेट स्वात्तै घट्छ

जनपत्र
२९ मंसिर २०७६, आईतवार ०६:५१

मानिसमा बढ्दै गएको विलासी जीवनले मोटोपनको समस्या बढ्दै गएको छ । मोटोपनाले शरीरमा बिरामीको समस्या ल्याउने मात्र होइन मानिसको व्यक्तित्व पनि खराब बनाउदछ । पछिल्लो समय शहरका बस्तीमा बस्ने मानिसहरु मोटोपनले ग्रसित छन् ।

मोटोपन कम गर्न धेरै उपायहरु पनि छन् । मोटोपनले धेरै असहज हुने हुनाले मोटा ब्यक्तिले आवश्य मोटोपनबाट छुटकारा पाउन खोजेका हुन्छन् । मानिसहरू भुँडी ठूलो भयो भने कसरी घटाउने भन्ने उपाय सोचेर बसेका हुन्छन् । यी केही उपायहरूले तपाइको मोटोपनको समस्या कम हुनसक्छ ।

– बिहान उठ्ने बित्तकै तपाई तीब्र गतिमा हिँडेमा तपाइको भुँडी घट्छ । यदि तपाई एक हप्ताको तीन दिन आधा घन्टा र तीब्र गतिमा हिँड्ने गर्नुभयो भने तपाइको भुँडी घट्य ।

– तपाई दैनिक ब्यायाम गरेर आएपछी र दुई कपभन्दा बढी ग्रीन टी पिउनुहोस् । यसो गर्दा अन्य मानिसहरुको तुलनामा ६ गुना बढी भुँडी घट्छ । यो कुरा एक अध्ययनले नै देखाएको छ । – तपाईँले चिल्लोयुक्त अथवा तेलमा तारेको खानेकुरा धेरै नखानुस् । गुलियो , बढी बोसो र क्यालोरियुक्त खानेकुरा नखानुहोस् । बोइल गरेका चिजहरु खाने गर्दा राम्रो हुन्छ ।

– तपाईले दैनिक थोरै–थोरै गरेर खाना घटाउनुस् तर एक्कासी खाना भने नघटाउँनुस् किनकी एक्कासी खाना घटाउँदा शरिरको रक्तचाप कम हुनुका साथै कमजोर भइने खतरा हुन्छ । विभिन्न आसनमा योगा र ध्यान गर्नुहोस् ।( तपाई खाना खाने बित्तिकै बेडमा भूलेर पनि नसुत्नुस । सुत्ने मानिसको पेट अन्यको तुलनामा तीन गुणाले बढ्ने देखाएको छ । खाना खाए पछि आराम गर्नुहोस् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*