नारायणी नदीमा ‘मिनी पानीजहाज’दुई हप्ताभित्रै परीक्षण

सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप ९मिनी पानीजहाज० सञ्चालन गर्नका लगि परीक्षणको तयारी गरिएको छ ।
रू। १५ करोडको लागतमा १० जना युवाले राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीमार्पmत सञ्चालन गर्न लागेको रिभर क्रुजको परीक्षण दुई हप्ताभित्रै गर्ने तयारी भएको कम्पनीका सञ्चालक सदस्य खिम पन्थीले जानकारी दिए । उनका अनुसार नर्वेली प्रविधि प्रयोग गरी भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
‘१०० फिट लम्बाइ, २५ फिट चौडाइसहित दुईओटा इञ्जिन जडित पानीजहाज निर्माण अन्तिम चरणमा पुगेको छ, अबको परीक्षण २ हप्ताभित्रै सक्नेगरी काम भैरहेको छ,’ पन्थीले भने । जनवरी १ देखि नारायणी नदीमा पूर्ण रूपमा पानीजहाज सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । ‘रिभर क्रुजसिप’ नाम दिइएको पानीजहाज दिनमा तीन सिफ्टमा चल्ने र एक सिफ्टमा कम्तीमा २२० जना मानिस अट्ने क्षमता रहेको छ ।