राष्ट्रसेवक बहुउदेश्यीय सहकारीको २० औं साधारण सभा

जनपत्र
२८ मंसिर २०७६, शनिबार १७:१०

हेटौंडा । राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्था लिमिटेड हेटौंडा २ को २० औ वार्षिक साधारण सभा आज भएको छ । साधारसभाको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको लगानी उत्पादन क्षेत्रमा लगाउनुपर्ने वताउनुभयो ।

सहकारीमा धेरै रकम रहेकाले यसको सहि सदुपयोग गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सहकारी विभागका इन्चार्ज लेखनाथ कोइराला, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष वद्री लंसाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष याद्विन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*