परिचय बचतको दशौँ वार्षिक साधारण सभा सम्पन्न

जनपत्र
२८ मंसिर २०७६, शनिबार १३:४०

परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेश नम्बर तीनका भूमि,ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले संबोधन गर्दै सहकारीले ॠण लगानी गर्ने मात्र होइन उत्पादनमुखी र व्यावसायमुखी क्षेत्रमा लगानी गरेर जनतामा खुसी ल्याउन सक्नुपर्नेमा जोड दिनु भयो ।
उक्त संस्थामा हाल एक हजार ५ सय २१जना शेयर सदस्य रहेको र १हजार २६५ महिला पुरुष र २ सय ५६ महिला आवद्ध रहेको अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो । हाल १ करोड ८४ लाख ११ हजार ७ सय शेयर रकम रहेको र निक्षेप ९ करोड ५२ लाख ४६ हजार ७ सय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*