धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०९:५०

जनकपुर — धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए ।
प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए।

बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको पनि मृत्यु भएको छ। राजेश साहको घरको शौचालय अगाडि बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो। प्रहरी नीरिक्षकसहित प्रहरीकै एक जवान सख्त घाइते भएको छ।
बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन्। उनीहरुको धरानमा उपचार भइरहेको छ।
धनुषाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलमा रहेको एक औषधि व्यवसायीको घरमा शुक्रबार अबेर राति बम विस्फोट हुँदा घरधनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।
स्थानीयवासीले दिएको जानकारी अनुसार स्थानीयस्तरमा निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखा परेको थियो। उनले नजिकको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए। सूचना पाएलगतै सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए।

सुरक्षाकर्मीहरु निजको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु(छोराको मृत्यु भएको थियो। कम्तीमा ४ सुरक्षाकर्मी घाइते भएका थिए। घाइते सुरक्षाकर्मीहरुलाई उपचारका लागि राति नै धरान लगिएको थियो। प्राप्त जानकारीअनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमीरकुमार दाहालको अवस्था चिन्ताजनक छ। प्रहरी उच्च पदाधिकारीहरु घटनास्थलर्फ खटिएका छन्।

एक कार्यक्रममा सहभागी हुन हेटौंडा गएका क्षीरेश्वर नगरपालिकाका मेयर योगी पजियार घटनाको जानकारी पाउनबित्तिकै नगर फर्किदै छन्। कान्तिपुरसँगको फोन सम्पर्कमा उनले बाबु(छोराको मृत्यु भएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*