‘चिनूक’ हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गरिँदै

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०७:०१

भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ ।

पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।

गएको सोमबार पिथौरागढको आकाशमा ‘चिनूक’ हेलिकोप्टरले धेरैपटक चक्कर लगाएको खबर भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले सार्वजनिक गरेको छ । एमआई १७ हेलिकोप्टरभन्दा पनि ठूलो साइजको चिनूक हेलिकोप्टरमार्फत तीन हप्ता पहिले पनि ठूला मेसिन गुञ्जी र कालापानी क्षेत्रमा ढुवानी गरिएका थिए ।

भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरले बताउनु भयो । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भन्नुभयो । ३(४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उहाँको भनाइ छ । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*