प्रतिभा मालीले माल्दिभ्सकाे लिग खेल्ने

जनपत्र
२७ मंसिर २०७६, शुक्रबार ०६:०१

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली माल्दिभ्सको लिग खेल्ने भएकी छिन् । यसअघि २ संस्करण त्यो प्रतियोगिता खेलिसकेकी मालीले यसपटक माल्दिभ्सको पुलिस टिमबाट खेल्ने पक्का भएको हो । माल्दिभ्स लिगबारे प्रतिक्रिया दिँदै मालीले यस्ता लिगहरुले नेपाली खेलाडीलाई ठूलो एक्सपोजर मिल्ने बताइन् ।

माल्दिभ्सको लिगमा अरु टिमहरुले पनि विदेशी खेलाडी राख्न पाउने भएकाले आफू यही कोटामा परेको बताउँदै यो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न सके अरु ठाउँमा पनि मौका पाइने विश्वास व्यक्त गरिन् ।

प्रतिभाको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो । यस्तै काठमाण्डौमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा पनि नेपालले ऐतिहासिक रजत पदक जित्दा प्रतिभाको प्रदर्शन उत्कृष्ट नै रहेको थियो । माल्दिभ्सको लिगमा उत्कृष्ट खेलाडीहरुको जमघट हुने भएकाले पनि आफू त्यसबाट उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘एसियामा इरानका भलिबल खेलाडीहरु उत्कृष्ट मानिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*