मकवानपुरमा दुई दुुर्घटना : २ दुईको मृत्यु, दुई घाईते

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा ९ पशुपति नगरमा रहेको नेपाल बैंक अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बिरगंजबाट हेटौडा आउदै गरेको ना ४२ प ७५०६ न. को मोटरसाइकलले अन्दाजी ४५ वर्षकि महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौडा अस्पताल पुर्याइयकी महिलालाई अस्पतालले मृत घोषणा गरेको थियोे । त्यसैगरी उक्त दुर्घटनामा परी मोटरसाइकल चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका ५ बस्ने अन्दाजी ३० बर्षका कंचन ठाकुर र मोटरसामइकलमा सवार भरतपुर महानगरपालिका १० बस्ने ३५ बर्षीया सर्मीला थापा मगर घाईते भएको र चालक ठाकुर सहित थापामगरको प्रहरी निगरानीमा चुरेहिल अस्पतालका उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि मकवानपुरगढि गाउँपालिका ४ वनडाडामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सोही ठाउँ बस्ने दिपक पाख्रिन रहेका छन ।
मंगलबार राति हेटौंडाबाट वनडाडाँतर्फ जादै गरेको ब ४ ख ६२५५ नम्बरको ट्रिपर ठक्कर दिँदा पाख्रिनको घट्ना स्थलमै मृत्यु भएको र चालक फरार रहेको प्रहरी जनाकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनकारी दिएको छ ।