चार नयाँ परियोजना निर्माणका लागि एडीबी र सरकारबीच सम्झौता

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०६:२३

एसियाली विकास बैंक ‘एडीबी’ र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो । ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*