भारतीय गोर्खाका विषयमा लेख्ने पत्रकारको रहस्यमय मृत्यु !

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०६:२१

गोर्खाको विषयमा नियमित रुपमा रिपोर्ट लेख्दै आएका एकजना भारतीय पत्रकारको सोमबार मृत्यु भएको छ । नरेश मित्र नामका ती पत्रकारको रहस्यमय रुपमा आफ्नै कार्यालय नजिकै घाइते भएको सत्रौं दिनमा सोमबार मृत्यु भएको हो ।

वातावरण सम्बन्धी रिपोर्टिङ्गसमेत गर्दै आएका ४६ वर्षीय मित्रा टाइम्स अफ इन्डियामा काम गर्दै आएका थिए । उनका बाबुआमा, पत्नी र एक ५ वर्षीया छोरी छन् । गएको नोभेम्बर २२ मा कार्यालय छेउको बाटोमा घाइते अवस्थामा भेटिएपछि बटुवाले गुवाहाटीस्थित मेडिकल कलेजमा लगेका थिए । त्यहाँबाट उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए ।

उनी डीप कोमामा रहेको र टाउकोमा आन्तरिक चोट रहेको चिकित्सकले बताएका छन् । आसमका मुख्यमन्त्री सर्बानन्द सोनोवालले मित्राको मृत्युमा शोक व्यक्त गरेका छन् ।

उनको शवलाई गुवाहाटी प्रेस क्लबमा लगिनुका साथै उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो । भारतीय गोर्खा परिसंघका राष्ट्रिय महासचिव नन्दकीर्ति देवानले भारतीय गोर्खाले मिडियाका एक जना मित्र गुमाएको जनाएका छन् । सो संस्थाले घटनाको विस्तृत छानबिन गर्न आग्रह गरेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*