गृहकार्य नगर्दा ‘दलित बालिका’ को मुख कालो गरेर घुमाएपछि…

जनपत्र
२४ मंसिर २०७६, मंगलवार ०६:५२

भारतको हरियाणा, हिसारमा एक निजी स्कूलमा ४ कक्षामा अध्ययनरत बालिकामाथि दुव्र्यवहार भएको छ। टेस्टमा कम नम्बर ल्याएको र गृहकार्य नगरेको भन्दै स्कूल प्रशासनले ती दलित बालिकाको मुख कालो गरेर अर्को कक्षामा घुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ती बालिकाले घर गएर घटनाबारे आफ्ना पितालाई बताएपछि घटना बाहिर आएको हो। यो घटनासँगै स्थानीय बासिन्दाले ती शिक्षकमाथि कारबाहीको मागसहित स्कूल प्रशासनलाई अल्टिमेटम दिएका छन्।र, हरियाणामा आन्दोलन चर्किएको छ।स्थानीय प्रशासनले स्कूलको सीसीटीभी फुटेज संकलन गरेको छ। र, पीडित बालिकाको उजुरी लिएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*