जेसीआई हेटौंडा वर्ष २०२० उपाध्यक्षमा सुदिप तिमल्सिनाको दाबी

जनपत्र
२४ मंसिर २०७६, मंगलवार ०६:४१

जेसीआई हेटौंडाको बर्ष सन् २०२० को लागि नयाँ नेतृत्वको चर्चा परिचर्चा सुरु भएको छ । चर्चा सुरु भएसंगै सुदिप तिमल्सिनाले २०२० को लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
तिमल्सिनाले जेसीआईको विभिन्न पदमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसकेकोले अब नेतृत्वको दावी रहेको जानकारी दिएका हुन् । सन् २०१६ मा हेटौंडा जेसीज प्रवेश गरेका तिमल्सिनाले विभिन्न कार्यक्रममा संयोजक पदमा रहेर सफलता पुर्वक काम गरिसकेका छन् । साथै उनि सफल युवा उद्यामशिल व्यवसायीका रुपमा समेत परिचित छन ।
आफ्नो उमेद्वारी उपाध्यक्ष पदको लागि मात्र नभई उपध्यक्ष पदमा रहेर समग्र युवाहरुको हकहित र नेतृत्व एवम् व्यक्तित्व विकासमा काम गर्ने योजना रहेको छ ।’ जेसीज संस्थाको हित एवम् युवाहरुको क्षेत्रमा काम गर्नको लागि आफ्नो उम्मेदवारी भएको तिमल्सिनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*