पैसा कसरी कमाउने ? जुकरबर्ग र बिल गेट्सका ‘टिप्स’

जनपत्र
२४ मंसिर २०७६, मंगलवार ०६:२२

पैसा कमाउन तपाईं हामी कसलाई मन छैन र रु अझ टन्न पैसा कमाएर ऐशआरामको जीन्दगी जीउने कल्पना हर कोहीले हर समय गरि नै रहेको हुन्छ । तपाईं पनि गर्नु हुन्छ नै । तर कसरी पैसा कमाउने भन्नेमा तपाईं रुमल्ली रहनु भएको छ भने संसारकै सबैभन्दा धनाड्यहरु बिल गेट्स र फेसबुकका सस्थापक मार्क जुकरबर्गले दिएको यो सामान्य टिप्स काम लाग्न सक्छ ।

मान्छे समझदार हुने एकै तरिका हुँदैन
बिजनेस इनसाइडरका अनुसार बिल गेट्स भन्छन्( मान्छे समझदार हुने भन्ने कुनै एक तरिका हुँदैन । अलग–अलग प्रतिभा भएकाहरुलाई एकै ठाउँमा राख्न सके मात्रै पनि तपाईँ सफल बन्न सक्नु हुन्छ ।

गेट्स भन्छन, ‘पहिला मलाई लाग्थ्यो कि जसको आइक्यू लेबल उत्कृष्ठ छ उसले सबै कुरा गर्न सक्छ तर यस्तो होइन रहेछ । सधैं भन्ने गरिन्छ कि स्मार्ट र सिम्पल आइडियाले सबै समस्या समाधान गर्न सकिन्छ तर मैले भने यो कुरा कहिल्यै पनि सम्झन सकिनँ ।’

आफैमाथि भरोसा गर्नुस्

फेसबुकका सस्थापक मार्क जुकरबर्ग भन्छन्( पहिला तपाईं आफैले आफैमाथि भरोसा गर्नुस् । जति तपाईं सोच्नुहुन्छ त्यो भन्दा कयौँ गुणा गरेर देखाउन सक्नुहुन्छ । म जे पनि गर्न सक्छु, जे पनि सिक्न सक्छु भन्ने भरोसा राख्न भने नभुल्नुस । जुकरबर्ग सम्झन्छन्( मैले फेसबुक शुरु गर्दा म जम्मा १९ बर्षको मात्रै थिएँ ।

उनले भनेका छन्( तपाईं उच्च शिक्षा सकेर कलेजबाट बाहिरीने बित्तिकै ६० हजार डलर मासिक कमाउन सक्नु हुन्न, सिधै राष्ट्रपति, प्रधानमन्त्री बन्न पनि सक्नुहुन्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*