प्रहरीको भ्यान नै मापसे गरेर चलाएपछि….

जनपत्र
२२ मंसिर २०७६, आईतवार ०७:३७

सर्वसाधारणको सुरक्षा गर्ने र उनीहरुले नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ । शनिवार ताप्लेजुङको कोप्छेमा यस्तै घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २३३५ नम्बरको भ्यानका चालक प्रहरीले मादक पदार्थ सेवन गरी भ्यान चलाएपछि दुर्घटनामा परेको हो ।

प्रहरीको भ्यान एउटा घरको कम्पाउण्डमा ठोक्किएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको भ्यानका चालकले रक्सी पिएको थाहा पाएपछि सर्वसाधारणले भ्यानलाई घेरा हालेका थिए । त्यसक्रममा भ्यानका चालकले गियरसँगै रक्सी राखेको समेत फेला परेपछि चालक र प्रहरी विरुद्ध सर्वसाधारणले आक्रोश पोखेका थिए । उनीहरुले गाडी र मापसे गरी सवारीचलाउने चालकलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*