केही कुरामा पेलेरै भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ, काम सुरु गरियोस् : विज्ञ

जनपत्र
२२ मंसिर २०७६, आईतवार ०७:०३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ ।

तर यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा रोकिन नहुने विज्ञहरुको भनाई छ । जसरी रुख काट्दा जंगल विनाश भएको छ भनेर बहस भैरहेको छ त्यसैगरी निजगढमा विमानस्थल बन्दा त्यसले देशको मुहार फेर्छ भनेर बहस चर्काउनुपर्ने उनीहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको ७५ औं स्थापना दिवसको अवसरमा नेपालको हवाइ नीतिबारे भएको छलफलमा धेरैजसोले निजगढमा केही रुख काटिने बहानामा विमानस्थल बनाउने काम नरोक्न सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*