हेटौंडाको प्रगती सहकारीको लगानी २१ करोड

‘राष्ट्रको समृद्धिको मेरुदण्ड नै सहकारी हो’– मुख्यमन्त्री पौडेल
जनपत्र
२१ मंसिर २०७६, शनिबार १६:२९

हेटोंडा । हेटौंडा २ मा रहेको मकवानपुर नमुना प्रगती बचत तथा ऋण सहकारी संस्थाको ऋण लगानी २१ करोड ४२ लाख ५९ हजार १२२ रहेको छ । आज संस्थाको १९ औं वार्षिक साधारण सभामा उक्त रकम लगानी रहेको प्रतिवेदनमा रहेको छ । सहकारीले १७ करोड १८ लाख ६० हजार ३६९ रकम बचत निक्षेप गरेको छ ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिको मुख्य मेरुदण्ड नै सहकारी रहेको बताएका छन्, । शनिबार हेटौंडामा मकवानपुर नमुना प्रगति साकोसको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले देशमा समृद्धि आउनको लागि सहकारीको ठुलो भूमिका रहने बताएका छन्, ।
सहकारीलाई अब एकिकरण गरि जानुपर्ने बताए । उनले सहकारीले अब बचत गर्ने र ऋण लिने काम मात्र नभई उत्पादन संग जोडिएर लगानी गर्नुपर्ने बताए । उत्पादन संग जोडिएर काम गर्दा रोजगारी सिर्जना हुने, आर्थिक वृद्धि रहने हुनाले सो तर्फ लाग्न आग्रह गरे ।
सहकारी मार्फत लगानी गरिएका कृषि तथा पशुजन्य क्षेत्रबाट उत्पादित वस्तुलाई विचौलियाबाट बच्न सहकारी मार्फत नै किनबेच गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए । यहाँ उत्पादित वस्तु अन्त स्थानमा पठाउने अवस्थामा पुग्नको लागि सहकारीले ठुलो भूमिका खेल्ने बताए ।

२ करोड ३६ लाख २३ हजार ८ सय शेयरपुजीँ रहेको सहकारी संस्थाले सभामा विभिन्न विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । सहकारी एकिकरणमा महत्वपूण भूमिका निर्वाह गर्ने बद्री प्रसाद लम्साल, नारायण प्रसाद देवकोटा, कुमारमणि दाहाल, सुशिला दाहाल, मुकुन्द रेग्मी, टेकराज धमला, देवराज अधिकारी, भरत प्रसाद फुयाँल, नेत्र प्रसाद आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्य बालकुमारी चौरेल र गोविन्दप्रसाद पण्डित, उत्कृष्ट बालबचत गर्ने इसानी बर्तौला र खुसी लम्साल, उत्कृष्ट बचतकर्ता बिमलेश मिश्र र मिना महर्जन, उत्कृष्ट ऋणी रमेश स्याङ्तान, गायत्री दहाल र अभिनाश दहाललाई सम्मान गरिएको थियो ।

त्यस्तै,उत्कृष्ट व्यवसायी दिलनाथ तिमल्सिना, संस्थामा उत्कृष्ट तथा सक्रिय सदस्य रिता बजगाईँ, आवधिक बचतकर्ता बखान सिं थिङ्गलाई सम्मान गरिएको थियो । सभामा एसईइमा उत्कृष्ट अंक ल्याउने स्मारिका दाहाल, प्रभास घिमिरे र सुमित थोकर,प्लस टुमा उत्कृष्ट अंक ल्याउने अनुराध गौतम र कृति थापालाई नगद सहित पुरस्कृत गरिएको थियो । सम्मान हुने र पुरस्कृत हुने सबैलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मुख्यमन्त्री पौडेलको प्रमुख अतिथ्यतामा भएको सभामा प्रदेश ३ का प्रदेश सभा सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष बद्री प्रसाद लम्साल, नेपाल दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, नेफ्स्कुन मकवानपुर फिल्ड कार्यालयका ईन्र्चाज ज्योती महत, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, हातेमालो साकोसका अध्यक्ष नुरप्रसाद गौतम लगायतकाको उपस्थिती रहेको थियो । सभा संस्थाका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षतामा भएको थियो । आजैको सभाबाट संगम बचत तथा ऋण सहकारी संस्था लि. संग पनि एकिकरण गरि अगाडी बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*