मकवानपुरको चार स्थानीय तहमा विधुतीकरणका लागि १६ करोड

काठका पोल विस्थापन, तार विस्तार, ट्रान्सफर्मर जडानको काम गरिने भएको छ ।
जनपत्र
२१ मंसिर २०७६, शनिबार ०८:१८

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तरगतको नगरपालिका र गाउँपालिकाको सवै स्थानमा विधुतीकरणको काम सुरु हुने भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको माथील्लो क्षेत्रमा विद्युतीकरण गर्न लागिएको हो ।

चार वटा स्थानीय तहका केही क्षेत्रमा विधुत विस्तारका लागि १६ करोड रुपैयाँ लागतमा टेण्डर भएर स्वीकृत समेत भएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो । यसक्षेत्रमा अव कुनैपनि स्थानमा विधुत विस्तारका लागि बाँकी नराखिने वताउँदै सांसद खतिवडा भन्नुहुन्छ–‘जिल्लको उत्तरी क्षेत्रका सवै घरघरमा बिधुत पुग्नेगरी काम गर्न लागिएको हो । यसक्षेत्रमा काठका पोल पनि मुक्त वनाइन्छ । विद्युतिकरण, ट्रान्सफर्मर, तार तान्ने लगायतका कामका लागि एकै पटक टेण्डर गरेर काम गर्न लागिएको हो ।’

एक महिना अगाडी टेण्डर भएर स्वीकृत पछी अव भने काम सुरु गर्न लागिएको हो । विद्युत प्राधिकरणको ६ करोड र वल्र्ड वैकको १० करोड रुपैयाँ लागतमा काम सुरु गर्न लागिएको उहाँले वताउनुभयो । यस क्षेत्रमा करिव ५२ किलोमिटर क्षेत्रमा विधुत विस्तार गर्ने लक्ष लिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*