परिवार नियोजनका साधनको दुरुपयोग गर्ने नर्सविरुद्ध मुद्दा

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०७:०५

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको आरोपमा पब्लिक हेल्थ नर्सिङ छैठौं कल्पना पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

स्वास्थ्य कार्यालय पाल्पाबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी ८१ हजारको फर्जी भरपाई गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको हो।

उनीमाथि सरकारी रकम हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा हुने कार्य गरेको आरोप छ। उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*