‘वाइवाइ’ काजखस्तानबाट पनि उत्पादन, विनोद चौधरीले काजखस्तानमा नेपालको झण्डा फहराए

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०६:४९

नेपालको चर्चित औद्योगिक घरानियाँ चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउले आफ्नो बजारलाई विश्वभर पुर्याउने लक्ष्य लिए अनुसार काजखस्तानबाट पनि उत्पादन सुरु गरेको छ । लामो अध्ययन र अनुसन्धानपछि चौधरी ग्रुपले गत वर्ष काजखस्तानमा प्लान्ट खरिद गरेकामा यसपटकदेखि उत्पादन थालेको हो । काजखस्तानका प्रधानमन्त्री अस्कर मामिन र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले संयुक्त रुपमा वाइवाइको तेस्रो ग्लोबल प्लान्टको शुभारम्भ गरेका छन् ।

काजखस्तानमा प्लान्ट सुरु भएसँगै वाइवाइ उत्पादन हुने प्लान्ट विश्वभर १८ वटा पुगेका हुन् । भारतको बजारमा मात्र २७ प्रतिशत हिस्सा ओगटेको वाइवाइले विश्वभरमै आफ्नो विस्तार गर्ने क्रममा काजखस्तानको यो उत्पादनले युरो–एसियाको बजारमा थप विस्तार गर्न सजिलो हुने भएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले काजखस्तान सरकार र त्यहाँका जनताको समर्थनमा वाइवाइको उत्पादन विस्तार भइरहेको भन्दै खुशीसमेत व्यक्त गरेका छन् । काजखस्तानको शहर टर्किस्तानमा नेपालको झण्डा फहराउन पाएकामा उनले गर्व महसुस भएको समेत बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*