हेटौंडाको हर्नामाडीमा सडक पिचको काम सुरु

जनपत्र
१९ मंसिर २०७६, बिहीबार १८:५५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा ज्योती मार्गको पीचको काम आजबाट सुरु भएको छ । कुल ४६ लाख रुपैयाँ लागतमा सडक पिच गर्ने काम आजबाट सुरु भएको हो ।

सडक पीचको काम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले शिलान्यास गरेपछी सुरु गरिएको हो । हर्नामाडीमा अस्पालबाट यो पहिलोपटक पीच गरिएको हेटौंडा १८ का वडाअध्यक्ष अनिल वाँनियाँले जानकारी दिनुभयो । हर्नामाडीको रामधुनीचोक देखि ज्योती मावि सम्मको सडक .पिच गर्न लागिएको हो ।

सडक पिच गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले वडा मार्फत १७ लाख रुपैयाँ, स्थानीय उपभोक्ता समिति मार्फत ४ लाख रुपैयाँ र अरु धरान चतरा सडक आयोजनाको निर्माणको ठेक्का पाएको कालिका कन्ट्रकसनले २५ लाख रुपैयाँ सहयोगमा सडक पिच गरिएको अध्यक्ष वाँनियाले वताउनुभयो । स्थानीय क्षेत्रमा सडक पीच गर्नका लागि थप गुणस्तरिए वनाउनका लागि उपप्रमुख लामाको नेतृत्वमा अनुगमनको काम निरन्तर गरिने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*