अमेरिकी सेनालाई हङकङमा प्रतिबन्ध लगाउँदै चीन

जनपत्र
१८ मंसिर २०७६, बुधबार ०७:०५

चीनले अमेरिकी लडाकू जहाज र सैन्य विमानलाई हङकङमा विश्राम गर्नबाट प्रतिबन्ध लगाउने भएको छ । सोमबार चीनको विदेश मन्त्रालयले सो घोषणा गर्दै वासिङटनले हङकङ आन्दोलनको समर्थन गरेको प्रतिक्रियामा यस्तो निर्णय लिइएको बताएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले बेइजिङको पत्रकार सम्मेलनमा भनेकी छन्, “अमेरिकी पक्षको अनुचित व्यवहार पश्चात् चिनियाँ सरकारले अमेरिकी लडाकू जाहज र विमानको हङकङ विश्राममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ” यसका साथै ह्वाले हङकङ आन्दोलनको निगरानी र रिर्पोटिङ गर्ने अरु थुप्रै अमेरिकी गैर–सरकारी मानव अधिकार संस्थाहरु पनि बेइजिङको कारबाहीमा पर्ने बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता मात्र हङकङ मानव अधिकार र लोकतन्त्र अधिनियमलाई कानुनी रुप दिँदै हस्ताक्षर गरेका हुन् । यो नयाँ नियमले वासिङटनलाई हङकङमाथि प्रतिबन्ध लगाउन र अधिकार उल्लंघनको खण्डमा विषेश कारोबार अवस्थाबाट निलम्बित गराउने स्वीकृति दिन्छ । सो प्रस्तावले कानुनी मान्यता पाए लगत्तै चीनको विदेश मन्त्रालयले अमेरिकालाई गुन्डागर्दीको शैली देखाएको र सार्वजानिक रुपमा हिंस्रक अपराधीहरुको समर्थन गरिरहेको भन्ने आरोप लगाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*