समानताका लागि पुरुष सहभागिता विषयक हेटौंडामा छलफल

जनपत्र
१७ मंसिर २०७६, मंगलवार १८:३९

हेटौैडा । लैङ्गिक समानताका लागि पुरुष सहभागिता एवम रणनीति २०७५ विषयक छलफल कार्यक्रम आज हेटौंडामा भएको छ । सिवीन नेपाल मकवानपुरको आयोजनामा समानताको पुस्ताः बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । सिवीनका कार्यक्रम व्यावस्थापक धुर्व गौतमको अध्यक्षता तथा प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, जिल्ला सरकारी वकील कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद भट्ट, गैरसरकारी संस्था महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष बुद्धशरण लामा, गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, हेटौंडा १० का वडा अध्यक्ष कितावसिंह लामा, सिवीनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*