विधुत हाइटेन्सन निर्माणमा हेटौडा चार वडावासीको विरोध

जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०६:४७

हेटौंडा । स्थानीय सरकार र स्थानीयहरुलाई जानकारी नदिइ एकलौटी ढंगले विधुत प्रसारण ट्रयाक निर्माण गर्न लागेको भन्दै हेटौडा ११, ३, १, र १९नम्बर वडाका स्थानियले बिरोध जनाएका छन् । स्थानीयको स्वीकृति बिना नै हेटौडा ११ मा ४ सय केभी बिद्युत प्रसारणको ट्रयाक निर्माण गर्न लागेको भन्दै आयोजना प्रभावितहरूले बिरोध जनाएका हुन् ।

आज हेटौंडामा आयोजित नयाँ हेटौंडा सब स्टेशन मार्फत हेटौंडा हुँदै बिद्युत प्रशारण लाइन निर्माणको वातावरणीय प्रभाव मुल्याङकनको मस्यौदा प्रतिवेदनका बारेमा भएको सार्वजनिक सुनुवाइमा स्थानियवासिले विरोध जनाउँदै हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ३, ११ र १९ मा गरि १२ किलोमिटर बिद्युत प्रसारण हाइटेन्सन लाइन निर्माण गर्दा स्थानीयलाई बसोबासमा समस्या पर्नुका साथै स्वास्थ्यमा समेत असर पर्ने जनाउदै स्थानीय स्तरबाटै पुन सर्वेक्षण हुनुपर्ने समेत माग गरेका छन् ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालको आयोजनामा भएको कार्यक्रमममा उक्त आयोजनाबाट हेटौंडाका वन क्षेत्र १२ हेक्टर र ४३ हेक्टर जमिन निजी क्षेत्रका प्रभावित हुने अनुमान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, नेकपा मकवानपुरका सहइन्चार्ज रामेस्वर राना लगायत प्रभावित वडाका अध्यक्षहरुले वातावरणीय प्रभाव पर्ने तथा स्थानीयको स्वास्थ्यमा असर पर्ने गरि जिल्लामा कुनै पनि आयोजना सञ्चालन गर्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा जिल्लाका गैरसरकारी सँस्थाका प्रतिनिधी, स्थानीय वडाका जनप्रतिनिधीहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*