मकवानपुरको बाग्मतीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०६:२१

हेटौंडा । मकवानपुरको बाग्मती गाउँपालिका लिलावन सडकखण्डमा गएराती अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा बाग्मती गाउँपालिका ४ कि ४२ बर्षकि काउलिमाया रुम्बाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपि मुखेश कुमार सिंहले जानकारी दिनुभयो ।

घाइते हुनेमा बाग्मती गापा ५ लालभित्ता बस्ने १८ बर्षकि श्रीमाया घिसिङ र सोही स्थान बस्ने १२ बर्षकि मसलिमाया घिसिङ रहेका छन् ।

भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालो बाटोमा ब्याक भइ दुर्घटना भएको एसपि सिंहले जानकारी दिनुभयो । चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*