शैक्षिक सहयोग अक्षयकोष नेपालको प्रथम शाधरण सभा

जनपत्र
१६ मंसिर २०७६, सोमबार १८:४८

हेटौंडा । शैक्षिक सहयोग अक्षयकोष नेपालको प्रथम शाधरण सभा आज हेटौंडामा भएको छ । कोषका अध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, शिद्धार्थ माध्यमिक विद्यालयका अध्यक्ष मधु वजगाईं लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोषका सचिव वद्री बहादुर पाठकले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ मकवानपुरमा स्थापना ३ महिना अघि स्थापना भएको शैक्षिक सहयोग अक्षय कोष नेपालको अध्यक्षमा पुन जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल चयन हुनुभएको छ । कोषको सोमबार भएको पहिलो साधारणसभाले ३ वर्षकालागि पुन खुलालकै अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

साभारणसभाले कोषको उपाध्यक्षमा ईन्दिरा न्यौपाने, सचिवमा बद्री बहादुर पाठक, र कोषध्यक्षमा राम कृष्ण थापालाई समेत सर्वसम्मत चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा नवराज अर्याल, संचिता भट्राई, हरि हुमागाई, लक्ष्मी माझी, राम सागर गुरागाँई र मुकुन्द प्रसाद अधिकारी तथा संस्थागत तर्फबाट सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघलाई चयन गरेको छ ।

संस्थाको विधान अनुसार संस्था दर्ता भएको ३ महिना भित्र साधारणसभा गर्नुपर्ने प्रावधान अनुसार सोमबार साधारणसभा गरिएको हो । कार्यक्रममा अध्यक्ष खुलालले सबैको पहुँच शिक्षामा पु¥याउन संस्थाले भुमिका खेल्ने बताउनुभएको छ । उहाँले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो । नागरिक स्तरबाट भएको प्रयासमा सबैलाई सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले संस्थालाई अगाडी बढाउन आफुले सक्दाे प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । संस्थामा हाल सम्म ५० जना सदस्यहरु आवद्ध हुनु भएको छ । तदर्थ समितिका अध्यक्ष खुलालकै अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडा अध्यक्ष राजन थापालगायत अन्य सदस्यहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*