मकवानपुर भिमफेदीबाट २५ केजी चरेश सहित दुईजना पक्राउ

जनपत्र
१६ मंसिर २०७६, सोमबार १४:४१

हेटौंडा । मकवानपुर प्रहरीले २५ केजी लागू औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंम्बर २ स्थित भैंसेबाट प्रहरीले लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको हो ।

पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट, ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नं। २ बस्ने २५ वर्षीय राजेश यादव र मोग्लेसपुर बस्ने १८ वर्षीय ऋषि कुमार यादव रहेका छन् । उनीहरुलाई लागूऔषध चरेश २५ किलोसहित प्रहरी चौकी भैसेबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ् टोलीले आईतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले निजहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिई द्दटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*