दुईवटा रोटी कम पाएको निहुँमा मालिक्नीको हत्या

जनपत्र
१६ मंसिर २०७६, सोमबार ०६:३१

भारतको हरियाणा यमुनानगरमा एक नोकरले दुई रोटी कम पाएको निहुँमा मालिक्नीको हत्या गरेका छन् । उनले मालिक्नीले सात वटा रोटी दिनु पर्नेमा पाँच वटामात्र दिएको भन्दै घाँटी रेटी हत्या गरेको प्रहरीमा बयान दिएका छन् । मालिक्नीले आफूलाई सधैं पाँच रोटीमात्र दिने गरेको र आफ्नो भोक नमेटिने गरेको उनले आरोप लगाएका छन् ।

२६ वर्षका राजेश पासवानले हत्या स्वीकार गरे पनि प्रहरीले कतै मृतकको बलात्कार पछि हत्या गरिएको त होइन भन्ने आशंका गर्दै छानबिन गरिरहेको छ । आरोपी राजेशले प्रहरीलाई भनेका छन्, ‘पहिले म मालिकलाई खाना बनाउँदा जे मन लाग्छ, त्यही पेटभर खान पाउँथे । तर, गत वर्ष उनको विवाह भएर मालिक्नी आएपछि मैले खाना पकाउन बन्द गरेँ अनि खान पनि पाइनँ । मलाई ७–८ वटा रोटी चाहिन्थ्यो । तर, मालिक्नीले सधैं मलाई पाँच रोटी मात्र दिन्थिन् । मैले बारम्बार यो कुरा पनि भनेको थिएँ, तर यो कुरा गरेपछि कुकुरलाई पनि मैले मेरै भागको रोटी दिन पर्ने भयो ।’

राजेशले आफूलाई अत्यन्त भोक लागेको र मालिक्नीलाई यो कुरा भन्दा केही नभएकाले आफूले हत्या गरेको बयान दिएका छन् । यो सब गरिसकेपछि पनि आफू भाग्दा आफूमाथि आरोप लाग्ने भएकाले आफू नभागेको उनले बताएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*