हेटौंडाको जनप्रिय माविको ४४ औं जन्मउत्सव

जनपत्र
१५ मंसिर २०७६, आईतवार १८:५६

हेटौंडा । हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयको ४४ औ जन्मउत्सव कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले शिक्षकले बिद्यालयको गुणस्तरियताको लागि ध्यान दिनुपर्ने वताउनुभयो ।

टाढावाट विद्यार्थी ल्याउनुपरेमा बिद्यालयलाई वस खरिदमा सहयोग गर्ने मेयर महतले वताउनुभयो । सामुदायिक विद्यालयमा राम्रो पढाई भएमा निजी विद्यालय खाली हुँदै जाने वताउनु्भयो । विद्यालयमा जंकफुड निसेध गर्न मेयर महतले निर्देशन दिनुभयो ।

कार्यक्रममा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा १७ का वडा अध्यक्ष भैरवबहादुर राई, विद्यालयका सल्लाहकार कमल विष्ट लगायतकाको सहभागिता रहेको थियो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षतामा भएको हो । बिद्यालयले जन्म उत्सवका अवसरमा सप्ताहव्यापी खेलकुदमा विजयीहरुलाई पुरस्कृत गरिएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*