कल्याणपुर– १२ मा नेकपाको जित, कपिलवस्तुबाट राजपाले खाता खोल्यो, बैतडीको दोगडाकेदार ४ मा कांग्रेसको जित

जनपत्र
१५ मंसिर २०७६, आईतवार ०७:१२

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी हुनुभएको छ  ।

जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो । नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

कपिलवस्तुबाट राजपाले खाता खोल्यो

राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६ सय ५४ मत र नेपाली कांग्रेसका राजकुमार मुखियाले  ६ सय १५ मत प्राप्त गर्नुभएको थियो  ।

शिवराज नगरपालिका १० लालपुरमा भएको उपचुनावमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याई उहाँ विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ र नेकपाका अदालत मनिहारले १ सय ४७ मत ल्याउनुभएको छ ।

बैतडीको दोगडाकेदार ४ मा कांग्रेसको जित

बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*