इन्सेक प्रदेश ३ कार्यालयको हेटौंडामा उद्घाटन्

जनपत्र
१४ मंसिर २०७६, शनिबार ०६:४२

हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रदेश ३ को कार्यालय मकवानपुरको हेटौंडामा स्थापना भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बासुदेवमार्गमा स्थापना गरिएको प्रदेश ३ को कायाृलय प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रशाद ढुङ्गेलले रिबन काटेर उद्घाटन गर्नुभयो ।

कार्यलय उद्घाटन गर्दै मन्त्री ढुङ्गेलले प्रशासन र जनताको बीचमा सत्यको पक्षमा उभिने संस्थाको रुपमा इन्सेकले आफुलाई समाजमा स्थापित गर्न सफल भएको बताउनुभयो । संबिधान जारी भएपछि दुई तिहाईको सरकार हुदा पनि मानव अधिकारको पुर्ण प्रत्याभूत नभएको हुनसक्ने स्वीकार गर्दै यस्तो अवस्थामा इन्सेकले सरकारको कान समाओस र नागरिकको अधिकार सुनिश्चित गराउन झकझकाउन आग्रह गर्नुभयो ।

इन्सेकको काममा प्रदेश सरकार साथ रहने बताउनुभयो । सबै मान्छेको मानव अधिकार बरोबर नभएको भन्दै अर्थमन्त्री ढुङ्गेलले कम अधिकार हुने र अधिकतम अधिकार हुनेलाई बरोबरको अवस्थामा ल्याउने अभ्यास अब जरुरत रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका पुर्ब सांसद तथा नेकपाका केन्द्रिय नेता केदार न्यौपानेले मानव अधिकारसंग आर्थिक सामाजिक सास्कृतिक अधिकार जोडेर लैजानु पर्ने धारण आएको भन्दै अब मानव अधिकारका बिषयमा गाउँमा अझै बहस र पैरवी आवश्यक रहेको बताउनुभयो ।

इन्सेक कार्यसमिति सदस्य नजिर मियाअन्सारीले इन्सेक थोरै देखाउने र धेरै गर्ने संस्था भएको बताउनुभयो । अनौपचारिक क्षेत्रका ज्यालादारी मजदुरको अधिकारबाट अघि बढेको संस्था अहिले देशब्यापी रुपमा मानब अधिकारको सबै क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

इन्सेक कार्यकारी निर्देशक बिजयराज गौतमले उद्घाटन कार्यक्रममा आउनुभएका सबैलाई स्वागत गर्नुभयो । साथै इन्सेकले मानवअधिकारका क्षेत्रमा गर्दै आएका कामहरुको बारेमा संक्षिप्त जानकारी दिँदै उहाँले संघीयताको कार्यान्वयनको लागि सातवटै प्रदेशमा इन्सेकले प्रादेशिक कार्यालयहरु स्थापना गरेको बताउनुभयो ।

इन्सेक प्रदेश ३ कार्यालयका प्रमुख कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था प्रदेश ३ इन्चार्ज बुद्धशरण लामा, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती राना, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक इश्वरीप्रसाद भण्डारी लगाएत ६० जना विभिन्न संघसस्ंथाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*