रक्षामन्त्री ईश्वर पोखरेलले गरे फास्ट ट्रयाकको निरीक्षण

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार १८:०७

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्गको शुक्रबार निरीक्षण गरेका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको टोलीले द्रुतमार्गको स्थलगत निरीक्षण गरेको हो।

मन्त्री पोखरेलले मख्खुबेसी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित द्रुतमार्ग सुरु विन्दुको स्थलगत निरीक्षण गरेको नेपाली सेनाले जनाएको छ। सो क्रममा उनले द्रुतमार्ग निर्माणको वस्तुस्थिति तथा कार्यप्रगतिको जानकारी लिएका थिए। उनले राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरी आयोजना समयमै सम्पन्न गर्न आइपर्ने चुनौतीहरुबारे समेत जानकारी लिएका थिए। निरीक्षणपश्चात् टोलीका सबै जना शुक्रबार नै काठमाडौं फिर्ता भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*