हेटौंडाका महिलाहरुलाई स्वरोजगार वनाइदै

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार १६:०९

हेटौंडा । हेटौंडाका महिलाहरुलाई सजिलैसंग स्वरोजगार वनाउनका लागि तीन महिना सम्मको एड्भान्स सिलाई प्रशिक्षण कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा विन्दवासीनी टोल विकास संस्था हेटौंडा १ चौकीटोलको आयोजनामा भएको तालिमको मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो ।

कार्यक्रमको उद्घाटन् गर्दै मेयर महतले महिलाहरुलाई यो तालिमबाट स्वारोजगार वनाउने वाटो सिकाउने वताउनुभयो । तालिमका लागि तालिम भन्दा पनि सिलाई सिकीसकेपछी काम गरेर स्वरोजगार वन्नका लागि उहाँले आग्रह गर्नुभयो । धेरैले तालिम लिने तर, काम नगर्ने परिपाटीको अन्त्य गर्नएका लागि धेरै लगानी गरेर स्वरोजगार हुने तालिम दिन लागिएको मेयर महतको भनाई छ । कार्यक्रममा उपमहानगरपालिकाका न्यायीक समितिका सदस्य वेगम वरालले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*