हेटौंडामा नागरिक तथा राजनीतिक अधिकार सम्वन्धी कार्याशाला

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ११:५२

हेटौंडा । नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक सांस्कृतिक अधिकार सम्वन्धी कार्याशाला गोष्ठी हेटौंडामा भएको छ । इन्सेकको आयोजनामा कार्यशाला भएको हो ।

इन्सेकका प्रदेश ३ संयोजक कृष्ण गौतमको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले जनप्रतिनिधिहरुले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । ईन्सेकको आयोजनामा नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक सांस्कृतिक अधिकार सम्वन्धी हेटौंडामा भएको कार्याशाला गोष्ठीको उद्घाटन गर्दै सभामुख श्रेष्ठले जनप्रतिनिधिले क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताउनुभएको हो ।

सभामुख श्रेष्ठले स्थमनीय र प्रदेश सरकारका जनप्रतिनिधिहरुले आफ्नो अधिकार र कर्तव्य बुझ्न जरुरी रहेको बताउनुभएको हो । उहाँले राज्यले प्रसस्त कानुन निर्माण गरेको तर कसको अधिकार र कर्तव्य केकति भन्ने कुरा नबुझ्दा समस्या देखिएको बताउनुभयो । अधिकार स्थापित गर्नु भन्दा अहिले अधिकार ब्ुझ्न जरुरी रहेको सभामुख श्रेष्ठको भनाई थियो । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमा यस्तो समस्या बढी पाईएको समेत उहाँले बताउनुभयो । कानुन निर्माण गर्ने अधिकार भए पनि आफु खुसि र आफु अनुकुल कानुन बनाउन नपाईने भन्दै त्यसकालागि आफ्नो क्षमता विकास गर्नु र अधिकार र कर्तव्यका बारेमा जानकार हुनु पर्ने सभामुख श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजमा बढ्दो अराजकतामा मुक्त हुन सक्नु पर्ने बताउनुभयो । राज्यको ऐन कानुनको पुर्ण रुपमा कार्यानवयन हुनु पर्ने र मानव अधिकार रक्षाका लागि सबैको भुमिका महत्वपुर्ण हुने उहाँले बताउनुभएको छ । प्रमुख खुलालले नेपालमा विभिन्न व्यवस्थाको परिक्षणहरु भएको भन्दै सधै परिक्षणमात्र नभई अहिले व्यवस्थालाई संस्थागत गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । अहिलेको पुस्ताले मुलुकको उन्नति र प्रगतिका बारेमा जग बसाल्न सक्नु पर्ने प्रमुख खुलालको भनाई थियो । अहिलेको व्यवस्थालाई संस्थागत गर्न संघ संस्थालगायत सबैको भुमिका हुनु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले समग्र मान अधिकारको कुरामा जोड दिनुपर्ने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सबै नकारात्मक भएर मात्र नहुने भन्दै सरकारले गरेका राम्रा कामको प्रचारमा संघ संस्थाहरु लाग्नु पर्ने बताउनुभयो । इन्सेक प्रदेश ३ संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपपप्रमुख भगवती पुडासैनी, प्रदेश ३ सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलगायतको सभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*